Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्री ज्यू,भ्रष्टहरुविरुद्ध निर्मम हुनुस् : घनश्याम भुसाल

गृहमन्त्री ज्यू,भ्रष्टहरुविरुद्ध निर्मम हुनुस् : घनश्याम भुसाल

  • सोमवार, श्रावण ८ २०८०

  • 396
    SHARES

  • गृहमन्त्री ज्यू,भ्रष्टहरुविरुद्ध निर्मम हुनुस् : घनश्याम भुसाल

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताउनुभएको छ।

    आज(सोमबार) काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उहाँले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराउनु भएको हो ।

    उहाँले अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न भने हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

    महासचिव भुसालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताउनुभयो। समाजवादको यात्रालाई ठिक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयम्लाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकीर गर्नुभयो ।

    महासचिव भुसालले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताउनुभयो। त्यस मामिलामा पूँजीवादले जित्ने भएकाले कम्युनिष्टहरुले त्यो बाटो लिन नहुने उहाँको तर्क थियो ।


    सोमवार, श्रावण ८ २०८००२:५३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij