काठमाडौं।कालिमाटी तरकारी बजारका किसानहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गरेका छन्।आज(सोमबार)९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सटर पुनः भाडामा दिने सम्झौता गरिएको भन्दै यो निर्णय खारेजीको माग राखेर आन्दोलित भएका छन्।
आन्दोलनमा उत्रिएका उनिहरुले कृषिमन्त्रीको राजिनामा माग गरेका हुन्। उनीहरुले कालिमाटी तरकारी बजारमा प्रदर्शन गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन्।
तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।