Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल इन्डोनेसिया प्रस्थान, यस्तो छ भ्रमण तालिका..

माधव नेपाल इन्डोनेसिया प्रस्थान, यस्तो छ भ्रमण तालिका..

  • सोमवार, श्रावण ८ २०८०

  • 402
    SHARES

  • माधव नेपाल इन्डोनेसिया प्रस्थान, यस्तो छ भ्रमण तालिका..

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गर्नुभएको छ ।

    अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो। कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ–आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्नेछन् ।

    बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जानुहुने कार्यक्रम छ। पाँचदिने भ्रमणमा उहाँले तीनवटै मुलुकका शीर्षनेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्नुहुने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।


    सोमवार, श्रावण ८ २०८००१:२७:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij