Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपालमा

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपालमा

  • आइतवार, श्रावण ७ २०८०

  • 448
    SHARES

  • चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपालमा
    काठमाडौं । चीनको चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएको छ । 
     
    उहाँको नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै अपराह्न ३ बजे राष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।​
     
    पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गर्नुहुने छ।
     
    उहाँको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिवार नै नेपाल आइपुग्नुभएको थियो । उहाँ श्रीलङ्काको भ्रमण सम्पन्न गरी नेपाल आइपुग्नुभएको हो।
     


    आइतवार, श्रावण ७ २०८००२:३३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij