Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको चन्द्रागिरिमा केन्द्र र ७ वटै प्रदेशका सभामुख र उपसभामुख भेला

काठमाडौंको चन्द्रागिरिमा केन्द्र र ७ वटै प्रदेशका सभामुख र उपसभामुख भेला

  • शनिवार, श्रावण ६ २०८०

  • 368
    SHARES

  • काठमाडौंको चन्द्रागिरिमा केन्द्र र ७ वटै प्रदेशका सभामुख र उपसभामुख भेला
    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा संघीय संसद्का सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख लगायत भेला भएका छन् । हिजोदेखि सुरु भएको संघीय संसद् र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम आज (शनिबार) दोस्रो दिन पनि जारी छ ।
     
    आज सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेका छन् ।  सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो– ‘आशा छ संसद्लाई जीवन्त र प्रभावकारी बनाउन कार्यक्रमले सहयोग गर्नेछ ।’ 
     
    सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिनुभएको छ। उहाँले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ ।  २०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद् र प्रदेशसभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।
     
    यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरू संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।  भोलि संसद् भवन नयाँ बानेश्वरमा सभामुख, राष्ट्रियसभा अध्यक्ष र सबै प्रदेशका सभामुख उपसभामुख समेतको उपस्थितिमा भेलाका निष्कर्षहरू सुनाउने कार्यक्रम राखिएको छ ।


    शनिवार, श्रावण ६ २०८००२:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij