Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरिमा संघदेखि प्रदेशसम्मका सभामुख, उपसभामुख भेला

चन्द्रागिरिमा संघदेखि प्रदेशसम्मका सभामुख, उपसभामुख भेला

  • शनिवार, श्रावण ६ २०८०

  • 266
    SHARES

  • चन्द्रागिरिमा संघदेखि प्रदेशसम्मका सभामुख, उपसभामुख भेला

    काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा संघीय संसदका सभामुख उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा सातवटै प्रदेशका सभामुख, उपसभामुख लगायत भेला भएका छन् ।

    शुक्रबारदेखि सुरु भएको संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रम शनिबार दोस्रो दिन पनि जारी छ । शनिबार सबै प्रदेशका सभामुख, उपसभामुख र प्रदेशसभा सचिवले आफ्नो अनुभवसहित धारणा राखिरहेका छन् । सभामुख घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार दोस्रो दिनको कार्यशाला सुरु गर्दै सभामुख देवराज घिमिरेले दुवै तहका सभाबीच भएको कार्यक्रमले सभा सञ्चालनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    सभामुख घिमिरेले कानुनको अडिट गर्ने फोरमको आवश्यकतामा जोड दिनुभएको छ । उहाँले नेपालमा संसदीय अध्ययन अनुसन्धानको अभ्यास कम भएको बताउँदै आगामी दिनमा सुधार गर्दै लैजानुपर्ने बताउनुभएको छ। २०७५ साल भदौ ३ गते चन्द्रागिरिबाटै संघीय संसद र प्रदेशसभाको अनुभव आदान प्रदान सुरु भएको थियो । अहिलेसम्म यस्तै प्रकृतिका ६ वटा कार्यक्रम विभिन्न प्रदेशमा भएका छन् ।

    यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कतिपय प्रदेशले छोटो समयमा नै विधि निर्माणमा अनुकरणीय काम गरेको बताउँदै त्यस्ता कार्यहरु संघका लागि पनि फलदायी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

     


    शनिवार, श्रावण ६ २०८००१:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij