Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अवैध सुन प्रकरणःसत्तापक्षबाटै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग,अनुसन्धान जरासम्म पुराउने सरकारको दाबी, नेपालमा सुन तस्करी कहिले नरोकिने जानकार जिकिर(खासखबर)

अवैध सुन प्रकरणःसत्तापक्षबाटै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग,अनुसन्धान जरासम्म पुराउने सरकारको दाबी, नेपालमा सुन तस्करी कहिले नरोकिने जानकार जिकिर(खासखबर)

  • शुक्रवार, श्रावण ५ २०८०

  • 438
    SHARES

  • अवैध सुन प्रकरणःसत्तापक्षबाटै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग,अनुसन्धान जरासम्म पुराउने सरकारको दाबी, नेपालमा सुन तस्करी कहिले नरोकिने जानकार जिकिर(खासखबर)

    काठमाडौं। नेपालको तस्करी दुनियाँमा आजसम्म पनि सुल्झिन नसकेको एउटा चर्चित गुत्थी हो“ साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्य हत्या प्रकरण”, यसको चर्चा सेलाउन नपाउँदै १०० किलो सुन अवैध रुपमा भित्रिँदा त्रिभुवन विमानस्थल तस्करहरूका लागि स्वर्णद्धार साबित हुँदै गएको छ ।

    खाडी मुलुकबाट फर्किएको एउटा श्रमिकले ल्याएको २ तोला सुन र २ वटा मोबाइल फोनमा कडाइ गर्ने विमानस्थल भन्सार कार्यालयबाट सयौँ किलो सुन सजिलै पास भएका पछिल्ला घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तस्करहरूको अखडा बन्दै गएको पुष्टि गरेको छ । तस्करहरूले राजनीतिक दलको छत्रछाँयामा रहेर तस्कर गरिरहेको भन्दै तल्लो तहका नेताहरूले आक्रोश गरिरहेका छन् ।

    यसै सन्दर्भमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । शर्माले राजश्व विभाग र सुरक्षा निकायले एक क्विन्टल सुन अवैद्य रुपमा भित्रिँदा पनि थाहा नपाउने भन्ने कुरै नभएको टिप्पणी गर्नुभयो ।

    नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त बहादुर मल्ल नेपालमा सुन तस्करी कहिले पनि नरोकिने बताउनुहुन्छ । डिआइजी मल्लले ल्याउने, लुकाउने तरिकाहरू परिवर्तन भइरहने भएका कारण भइरहेको यो तस्करी नरोकिने बताउनुभयो । यसमा सरकारले गम्भीरतापूर्वक नियन्त्रणका उपायहरू अपनाउने हो भने केही कमी गर्न भने सकिने बताउँदै उहाँले सरकार यो विषयमा गम्भीर नबनेको तर्क गर्नुभयो ।

    यता, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको सुनकाण्डको अनुसन्धान गर्दै जरासम्म पुग्ने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने बताउनुहुन्छ । यो काण्डको सम्पूर्ण पक्ष केलाउने मन्त्री श्रेष्ठको दाबी छ ।

    पटक–पटक अवैध तस्करीका घटनाले नेपाललाई रणभूमि बनाउन खोजिएको सांसदहरूले बताएका छन् । सांसदहरूले पटक–पटक गरी क्विन्टलका क्विन्टल सुन भित्रिएका घटनाको सत्यतथ्य पत्ता लगाएर संसद्लाई जानकारी दिनुपर्ने बताएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिने सुन, लागूऔषध, मेसिनरी सामानका कारण विमानस्थलको संवेदनशीलतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

    विमानस्थलका अधिकारी र भन्सारका कर्मचारीकै संलग्नतामा बरामद गरिएको सुन पित्तलमा परिणत हुने र हराउने घटना त नेपालको लागि नौलो विषय होइन । कुनैपनि मुलुकमा हुने चोरी÷तस्करी कर्मचारी र त्यहाँको प्रशासन नमिलेसम्म सम्भव हुँदैन । त्यसकारण यो प्रकरणमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउनु आजको आवश्यकता हो ।


    शुक्रवार, श्रावण ५ २०८००८:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij