Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

ललिता निवास प्रकरणः यस्तो आयो सर्वोच्चको परमादेश...

ललिता निवास प्रकरणः यस्तो आयो सर्वोच्चको परमादेश...

  • शुक्रवार, श्रावण ५ २०८०

  • 915
    SHARES

  • ललिता निवास प्रकरणः यस्तो आयो सर्वोच्चको परमादेश...

    काठमाडौं । सर्वोच्च अदालतले ललिता निवस प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न परमादेश दिएको छ। आज अदालतले यस्तो परमादेश जारी गरेको हो । यस्तै अदालतले अन्य ४ जना बन्दीको रिट खारेज गरेको छ ।

    राउतलाई नेपाल बाहिर जान नमिल्ने गरी तारेखमा राखेर अनुसन्धान गर्न अदालतले परमादेश गरेको हो ।

    न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो।  राउतको हकमा भने निजलाई थुनामा नराख्दा प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्नेसम्मको अवस्था नरहेको अदालतको निस्कर्ष छ ।
     
    ‘यी निवेदकलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको आधार, कारण र औचित्य देखिएन,’ आदेशमा भनिएको छ, ‘तसर्थ निवेदकलाई मुद्दा हेर्ने अदालतको आदेशबिना अनुसन्धान कार्य सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम तारिखमा राखी मुद्दाको अनुसन्धान र तहकिकातलाई प्रभावकारी बनाउन जे जो बुझ्नुपर्छ बुझी मुद्दाको सिद्द्रातिसिध्र अनुसन्धान तहकिकातको कार्य सम्पन्न गर्नु गराउनु भनि परमादेशको आदेश जारी गरिदिएको छ ।’


    शुक्रवार, श्रावण ५ २०८००४:४३:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij