Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

  • शुक्रवार, श्रावण ५ २०८०

  • 492
    SHARES

  • कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

    काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुभएको छ। आज (शुक्रबार) सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद शर्माले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उहाँले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नुभएको हो ।

    सांसद शर्माले मन्त्रीद्वयले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने बताउनुभयो। अर्थमन्त्री र गृहमन्त्रीलाई जानकारी नहुनु र प्रधानमन्त्रीले समात्न लगाउने कुरा सरकारको काम कारबाहीसँग मिल्दोजुल्दो नभएको बताउनुभयो।

    सांसद शर्माले अर्थ मन्त्रालय मातहतको भन्सार विभाग र गृहमन्त्रालयको डिआईजीको नेतृत्वमा नेपाल प्रहरीहरु विमानस्थलमा रहँदा प्रधानमन्त्रीले सुन तस्कर समात्न लगाउने कुरा देख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल धन्यवादको प्राप्त भएपनि नैतिकताका हिसावले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

    अनियमितताको कुरामा पक्ष, विपक्षको पार्टीको कुरा नरहने भन्दै नागरिक, देश र जनताको विषयलाई हेर्न आग्रह गर्नुभयो । सांसद शर्माले दुवै जना मन्त्रीहरुले तत्काल राजीनामा दिइ अनुसन्धानलाई सहज बनाउनुपर्ने बताउनुभयो ।


    शुक्रवार, श्रावण ५ २०८००३:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij