Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको राजीनामा मागिहालौंः कांग्रेस नेता बस्नेत

गृहमन्त्रीको राजीनामा मागिहालौंः कांग्रेस नेता बस्नेत

  • शुक्रवार, श्रावण ५ २०८०

  • 604
    SHARES

  • गृहमन्त्रीको राजीनामा मागिहालौंः कांग्रेस नेता बस्नेत

    काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि नाम आएकोले राजिनामा माग्नुपर्ने बताउनु भएको छ। केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको बताउउनु भयो।

    उहाँले सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा माग्नुपर्ने बताउनु भएको हो। उहाँले भन्नुभयो,’ठूलो ठूलो कुरा गर्नु हुन्थ्यो गृहमन्त्री नारायणकाजी। आज उहाँको नाम आएको छ, उहाँको विषयमा राजीनामा माग्न जाऔं। को को मान्छे सुन तस्करीमा छन्। छानविन गर्ने कि नगर्ने?’ यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?

    बस्नेतले पार्टीभित्र सभापति र आफ्नै नेताहरूलाई खुल्याएर आफू ठूलो हुने प्रवृत्ति बढ्दै गएको बताउनु भयो। यो कार्य पार्टि हितमा नहुने समेत उहाँको तर्क थियो। सरकारले कालोबजारी रोक्न नसकेको उहाँले आरोप समेत लगाउनु भयो ।


    शुक्रवार, श्रावण ५ २०८००१:४०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij