Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो : आरजु राणा

महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो : आरजु राणा

  • शुक्रवार, श्रावण ५ २०८०

  • 329
    SHARES

  • महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो : आरजु राणा

    काठमाडौं ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले कांग्रेस महामन्त्रीले केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रतिवेदन कुनै एनजीओको ‘विसलिष्ट’ जस्तो भएको बताउनु भएको छ।

    आज (शुक्रबार) कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा राणाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गर्नुभएको हो।

    राणाले भन्नुभयो– ‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर महामन्त्रीहरूको प्रतिवेदन राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’

    उहाँले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताउनुभयो । त्यसैगरी राणाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने पनि बताउनुभयो ।

    पार्टी सभापति शेरबहादुर देउवाकी धर्मपत्नी समेत रहनु भएकी राणाले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्नेमा पनि जोड दिनुभयो । कांग्रेस बैठक गत मंगलबारबाट शुरु भएको हो ।


    शुक्रवार, श्रावण ५ २०८००१:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij