Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

खुल्यो बेलायत जाने नर्सका लागी आवेदन, यसरी दिन सकिन्छ आवेदन..

खुल्यो बेलायत जाने नर्सका लागी आवेदन, यसरी दिन सकिन्छ आवेदन..

  • बिहिवार, श्रावण ४ २०८०

  • 1.6K
    SHARES

  • खुल्यो बेलायत जाने नर्सका लागी आवेदन, यसरी दिन सकिन्छ आवेदन..

    काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै आवेदन खुलाएको छ। पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो।

    नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।

    श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

    बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म  https://ferms.dofe.gov.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट(जीटुजी)प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो ।

    उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन्। उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन्।

    नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।


    बिहिवार, श्रावण ४ २०८००७:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij