Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

  • बिहिवार, श्रावण ४ २०८०

  • 495
    SHARES

  • कानुन उल्लंघन गर्नेलाई सरकारले छुट दिँदैनः गृहमन्त्री श्रेष्ठ

    काठमाडौं।उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने बताउनु भएको छ। आज (बिहीबार) सिंहदरबारमा उपभोग्य वस्तुको सहज उपलब्धता,भन्सार छली,चोरी निकासी पैठारीलगायतका विषयमा छलफल कार्यक्रम सम्बोधन गदैं उहाँले उपभोक्ता अधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कानुन उल्लंघन र बेथितिलाई सरकारले छुट नदिने स्पष्ट पार्नु भयो ।

    उहाँले गुणस्तरीय र सुपथ मूल्यमा दैनिक आवश्यकताका पूरा गर्न पाउने उपभोक्ताको अधिकार भएकाले सरोकारवाला सबै पक्षसँगको छलफलबाट अनुगमनलाई प्रभावकारी बनाइने बताउनु भयो ।

    गृहमन्त्री श्रेष्ठले व्यवसायमा देखिएका कमजोरी सच्याउने र समस्या भए समाधान गर्ने दिशातर्फ प्रभावकारी कदम चाल्नु आवश्यक भएको धारणा राख्नुभयो। उहाँले सरकार सुशासनलाई पूर्वसर्त बनाएर अगाडि बढिरहेकाले सुशासनबाट नै समृद्धिको लक्ष्य पुरा गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।


    बिहिवार, श्रावण ४ २०८००४:०२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij