Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार ?

कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार ?

  • बिहिवार, श्रावण ४ २०८०

  • 513
    SHARES

  • कांग्रेसले बालकृष्ण खाँण रोज्ने कि सरकार ?

    काठमाडौं। नेपाली कांग्रेसको बैठकमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको छ। तीनदेखि जारी बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने कुरा उठाउँदै केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी यस्तो आवाज उठाउनु भएको हो।

    उहाँले सभापति शेरबहादुर देउवालाई प्रश्न गर्दै भन्नुभयो, ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ। सभापति ज्यू, हाम्रो द्धिविधा अचम्मकै छ,’ शिवाकोटीले बैठकमा भन्नुभयो, ‘खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट हट्नुपर्यो। होइन भने आरोपीलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?’

    भ्रष्टाचारको विषयमा बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रवाह हुन नहुने बताउनु भएको छ ।


    बिहिवार, श्रावण ४ २०८००२:१९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij