Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

‘बालकृष्ण खाँण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिन जाने? हेक्का रहोस् यसले पोल्न सक्छ...’

‘बालकृष्ण खाँण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिन जाने? हेक्का रहोस् यसले पोल्न सक्छ...’

  • बुधवार, श्रावण ३ २०८०

  • 762
    SHARES

  • ‘बालकृष्ण खाँण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिन जाने? हेक्का रहोस् यसले पोल्न सक्छ...’

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ।केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले यसको आलोचना गर्नुभएको हो।

    उहाँले भन्नुभयो, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ। किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन। के कारणले पुग्नुभयो, थाहा छैन ।’त्यस्तै अभियोग लागेको अर्को अमूक पार्टीको नेताका बारेमा भने उनीहरु नबोलेको खतिवडाको दाबी छ ।

    पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उहाँको टिप्पणी छ। ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पु¥याउनुहोला,’ खतिवडाले चेतावनी दिनुभयो ।


    बुधवार, श्रावण ३ २०८००५:४४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij