Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

वञ्चरेडाँडा प्रभावित र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

वञ्चरेडाँडा प्रभावित र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

  • बुधवार, श्रावण ३ २०८०

  • 584
    SHARES

  • वञ्चरेडाँडा प्रभावित र सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

    काठमाडौं। वञ्चरेडाँडा ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सरकारबिचको वार्ता बिना निस्कर्ष सकिएको छ।तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावितहरुमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष तथा स्थानीयवासीहरु र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको हो।

    बैठकपछि ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निस्कर्ष सकिएको बताउनु भयो।उहाँले छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने बताउनु भयो।

    बोहोराले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताउनु भयो।बोहोराले झिँगा नियन्त्रण र फोहोर फालिसकेपछि त्यसलाई छोप्न माटो क्यापिङका लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताउनु भयो।

    उहाँले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनःसिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउँने बताउनु भयो। उहाँले क्यापिङ भएपछि धेरै कुराहरुको निराकरण हुने बताउनु भयो।

    उहाँले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताउनु भयो। त्यस्तै ककनी गाउँपालिका वडा न.३ का वडा अध्यक्ष धनराज बजगाईंले काठमाडौं महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले त्यसपछी मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताउनु भयो।

    उहाँले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिवद्धता जनाएको बताउनु भयो।अव्यस्थित रुपमा फालिएको फोहोर व्यवस्थापन नगरेसम्म काठमाडौं उपत्यकाको फोहोर ल्याण्डफिल्ड साइटमा जान नदिने वडन अध्यक्ष बजगाइको भनाई छ।


    बुधवार, श्रावण ३ २०८००५:१४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij