Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर चल्यो

भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर चल्यो

  • बुधवार, श्रावण ३ २०८०

  • 732
    SHARES

  • भद्रकुमारी घले सेवा सदनको संरचनामा महानगरको डोजर चल्यो

    काठमाडौं। काठमाडौं महानगरपालिकाले अनामनगरस्थित सुश्री भद्रकुमारी घले सेवा सदनको संरचनामा डोजर चलाएको छ ।आज बुधबार दिउँसो महानगर प्रहरीको टोलीले सेवा सदनको भवनमा डोजर लगाएर भत्काएको हो ।

    पञ्चायतकालमा सिन्धुलीबाट सांसद र सहायक मन्त्रीसमेत बन्नुभएकी घलेले आफ्नो सबै सम्पति सदनको नाममा राखेर समाजसेवा गर्दै आउनु भएको छ ।

    सेवा सदन महानगरको भित्री सडकमा पर्ने भएता पनि सरकारी जग्गा मिचेर बनाइएको महानगरको दाबी छ । तर ८६ वर्षीया घलेले भने जग्गा आफ्नो नाउमा रहेको र लालपूर्जा समेत भएको बताउँदै आउनु भएको छ । महानगरले केही दिन अघि सेवा सदन खाली गर्न सूचना जारी गरेको थियो ।

    सो सदनमा पुस्तकालय, संग्रहालय, आर्ट ग्यालरी, वाचनालयका साथै विद्यालय पनि छ । बिद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् ।


    बुधवार, श्रावण ३ २०८००२:१९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij