काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकको हिजो (मंगलबार)देखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।
ती प्रतिवेदनहरुमाथि आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसको अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले विधान विपरीत कार्य गरेको कांग्रेस बैठकमा कुरा उठेको छ ।
केन्द्रीय समितिको बैठकको दोस्रो दिन बोल्ने क्रममा केन्द्रीय सदस्य जीवन बहादुर शाही र कणर्ालीका सभापति ललितजंग शाहीले अनुशासन समितिका संयोजकलाई एकल निणर्य गर्ने अधिकार कसले दियो भनि प्रश्न गर्नुभएको हो ।