Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय समिति बैठक कक्षमै आरजु राणाले थर्काईन् अजयबाबुलाई, भनिन् शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यत्ति दिने ?

केन्द्रीय समिति बैठक कक्षमै आरजु राणाले थर्काईन् अजयबाबुलाई, भनिन् शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यत्ति दिने ?

  • मंगलवार, श्रावण २ २०८०

  • 1.1K
    SHARES

  • केन्द्रीय समिति बैठक कक्षमै आरजु राणाले थर्काईन् अजयबाबुलाई, भनिन् शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यत्ति दिने ?

    काठमाडौँ ।करिब एक वर्षपछी बसेको काँग्रेस केन्द्रिय समितिको बैठकमा आज पार्टी सभापति शेरबहादुर देउवा पत्नी एवं कांग्रेस नेतृ आरजु राणा देउवाले केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीलाई धम्काएकी छन्। आज अपरान्ह केन्द्रीय समिति बैठक सकिएपछि आरजुले शिवाकोटीलाई धम्काएकी हुन्।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मनलाग्दी अभिव्यक्ति दिँदै हिँडेको भन्दै शिवाकोटलिाई आरजुले धम्क्याएकि हुन् ।

    प्रत्यक्षदर्शीका अनुसार बैठक सकिएपछि बाहिरिने क्रममा एकले अर्कालाई अभिवादन गर्दैगर्दा आरजुले ‘अजयजी’ भन्दै बोलाएर बाहिर के बोल्दै हिँडेको भनेर प्रश्न गरिन्। अजयले मैले के बोलेँ र भनेर प्रतिप्रश्न गरेपछि ‘म प्रमाणसहित प्रस्तुत हुन्छु’ भनेर आरजुले अजयलाई ‘देखाइदिने’ धम्की दिएको प्रत्यक्षदर्शीले बताए।

    आरजुको धम्कीपछि सबै नेताहरुले मुखामुख गरेको बुझिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता बालकृष्ण खाँड थुनामा छन् भने आरजु पनि यस प्रकरणमा मुछिएकी छन्। सोही प्रकरणमा कांग्रेस संस्थापन इतर समूहका पदाधिकारीदेखि नेतासम्मले पक्राउ परेका नेतालाई पार्टीबाट निलम्बनको माग गर्दै आएका छन्।


    मंगलवार, श्रावण २ २०८००८:०५:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij