Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यसकारण मागे मिटरब्याज पीडितले गृहमन्त्रीको राजीनामा

यसकारण मागे मिटरब्याज पीडितले गृहमन्त्रीको राजीनामा

  • मंगलवार, श्रावण २ २०८०

  • 1.4K
    SHARES

  • यसकारण मागे मिटरब्याज पीडितले गृहमन्त्रीको राजीनामा

    काठमाडौं। मिटरब्याज पीडितको एक समूहले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। आज मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले गरेको काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्मको प्रदर्शनका क्रममा सहभागीले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

    सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ। तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो।

    समितिका प्रवक्ता नीर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानुनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताउनु भयो।

    गत आइतबार प्रतिनिधिसभाबाट पारित मिटरब्याजसम्बन्धी कानुनमा लिखतहरु ऋणी र महाजन दुबै पक्ष गई स्थानीय तहमा दर्ता गर्नुपर्ने भन्ने उल्लेख थियो ।


    मंगलवार, श्रावण २ २०८००५:४२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij