Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा केन्द्रीय सदस्यलाई वर्षमा एक महिना विदा

कांग्रेसमा केन्द्रीय सदस्यलाई वर्षमा एक महिना विदा

  • मंगलवार, श्रावण २ २०८०

  • 341
    SHARES

  • कांग्रेसमा केन्द्रीय सदस्यलाई वर्षमा एक महिना विदा

    काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ ।

    आज मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश गर्नुभएको हो।

    उहाँले अरु ११ महिना नै पार्टी नेता तथा कार्यकर्ताहरु पार्टी काममा लाग्नुपर्ने तालिका पेश गर्नुभएको छ। असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै उहाँले पार्टी नेता, कार्यकर्ताहरुले सो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै, आइपर्न सक्ने प्राकृतिक विपद्हरुको सामना गर्नका लागि पनि पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने महामन्त्री थापाको को भनाई छ ।


    मंगलवार, श्रावण २ २०८००५:१७:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij