काठमाडौं। नेपाली कांग्रेसले २२ नयाँ विभाग थप्ने भएको छ। आजदेखि काठमाडौंमा सुरु केन्द्रीय कार्यसमितिको बैठकमा २२ नयाँ विभाग थप गर्ने प्रस्ताव कांग्रेस महामन्त्री गगनकुमार थापाले पेस गर्नुभएको हो। नेपाली कांग्रेसको विधान अनुसार ४८ विभाग राखिएको थियो। त्यसमा २२ थप गरी ७० विभाग पुर्याउन लागिएको हो।
थप विभागहरुमा न्याय तथा मानवअधिकार विभाग, नवीनतम प्रविधि र नवप्रवर्तन समन्वय विभाग, सामाजिक-सांस्कृतिक अभियान विभाग, विकास तथा पूर्वाधार विभाग, सुशासन विभाग, सहकारी विभाग, उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभाग विकास विभाग, विपद् व्यवस्थापन विभाग, ऊर्जा तथा जलस्रोत विभाग, युवा तथा किशोर–किशोरी विभाग, भूपू प्रहरी विभाग, ज्येष्ठ नागरिक समन्वय विभाग, जलवायु परिवर्तन र वातावरणी सन्तुलन सरोकार विभाग र पूर्वआप्रवासी समन्वय विभाग थप गर्न लागिएको छ ।