Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एक वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गरौंः गगन थापा

एक वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गरौंः गगन थापा

  • मंगलवार, श्रावण २ २०८०

  • 342
    SHARES

  • एक वर्षमा दुई वटा केन्द्रीय समिति बैठक उपत्यका बाहिर गरौंः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी ६ वटा बैठकको मिति प्रस्ताव भएको छ।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये २ वटा काठमाडौं उपत्यकाबाहिर बस्ने प्रस्ताव पेश गर्नु भएको छ ।

    आज मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको लाइभ बैठकमा महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गर्नु भएको हो।महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गर्नु भएको हो।

    त्यस्तै महामन्त्री थापाको प्रस्तावमा आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने महत्वकांक्षी योजना समेत समेटिएको छ ।


    मंगलवार, श्रावण २ २०८००३:३८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij