Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ७ लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षे अभियान चलाउने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ७ लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षे अभियान चलाउने

  • मंगलवार, श्रावण २ २०८०

  • 325
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : ७ लाख सदस्य थप्ने लक्ष्यका साथ एक वर्षे अभियान चलाउने
    काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने भएको छ ।
     
    पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राख्नुभएको हो ।
     
    उहाँले अगाडि भन्नुभयो, ‘कम्तीमा ५ लाखदेखि ७ लाख नयाँ सदस्य बनाउने उद्देश्यले यो अभियान प्रारम्भ गरिनेछ ।’
     
    मंसिर–पुस २०७८ मा भएको १४ औं महाधिवेशनको समयमा कांग्रेसमा ८ लाख ६६ हजार क्रियाशील सदस्य थिए ।
     
    थापाका अनुसार उनीहरूको सदस्यता साउनभित्र उपलब्ध गराइने छ भने भदौ, असोज र कात्तिकमा जिल्ला कमिटीहरूले नवीकरण गर्नेछन् । नयाँ सदस्यका लागि कांग्रेसले अनलाइन प्रणाली सुरु गरेको छ । यसलाई अझ प्रभावकारी बनाउने महामन्त्री थापाले बताउनुभयो ।


    मंगलवार, श्रावण २ २०८००३:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij