काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा केही बेरअघि सुरु भएको बैठकमा पार्टीका शीर्ष नेताहरू सहभागी सहभागी छन्।
आजको बैठकले भोलि (मङ्गलबार)बाट बस्ने पार्टी केन्द्रीय समितिको बैठकका विषय तय गर्ने प्रयोजनका लागि बैठक बसेको हो। केन्द्रीय कार्यसमितिको बैठक भोलिदेखि सुरु हुँदैछ ।