Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

गौर हत्याकाण्डका पिडितहरु न्याय माग्दै प्रदर्शनमा

गौर हत्याकाण्डका पिडितहरु न्याय माग्दै प्रदर्शनमा

  • सोमवार, श्रावण १ २०८०

  • 602
    SHARES

  • गौर हत्याकाण्डका पिडितहरु न्याय माग्दै प्रदर्शनमा

    काठमाडौं।गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन गरिएको छ। गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनानमा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो।

    प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’,‘न्याय मार्न पाईँदैन’,‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’,‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’लगायतका नारा लगाएका छन् ।

    २०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमको बेला झडप भएको थियो।जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए।

    हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिएपनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन्। प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्यहरुको समेत सहभागिता छ।


    सोमवार, श्रावण १ २०८००४:११:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij