Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच बैंककमा साइडलाइन वार्ता

परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच बैंककमा साइडलाइन वार्ता

  • सोमवार, श्रावण १ २०८०

  • 327
    SHARES

  • परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशंकरबीच बैंककमा साइडलाइन वार्ता

    काठमाडौं। परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरसँग बैंककमा साइडलाइन वार्ता भएको छ। थाइल्यान्डको राजधानी बैंककमा भएको बिम्स्टेक राष्ट्रका परराष्ट्र मन्त्रीको रिट्रिटका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच आज साइडलाइन वार्ता भएको हो।

    नेपाली समकक्षीसँगको छलफलबारे भारतीय विदेश मन्त्री जयशंकरले ट्विटरमार्फत पनि जानकारी दिएका छन्। ‘नेपालका परराष्ट्र मन्त्रीसँगको छलफल राम्रो भयो। हाम्रो नेतृत्वले तयार पारेका सहकार्यका एजेन्डालाई कार्यान्वयन गर्न मिलेर काम गर्न सहमत भयौं,’ जयशंकरको ट्विटरमा उल्लेख छ।

    यसअघि गत वैशाखमा साउद र जयशंकरबीच बंगलादेशको राजधानी ढाका भेट भएको थियो। भेटवार्तामा दुइ देशबिचका हितका विषयमा छलफल भएको बताइएको छ।


    सोमवार, श्रावण १ २०८००३:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij