Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानियको अबरोध,पुनःह उपत्यकामै थुप्रियो फोहोर

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानियको अबरोध,पुनःह उपत्यकामै थुप्रियो फोहोर

  • सोमवार, श्रावण १ २०८०

  • 406
    SHARES

  • बञ्चरेडाँडामा फोहोर फाल्न स्थानियको अबरोध,पुनःह उपत्यकामै थुप्रियो फोहोर

    काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सोमबारदेखि पुनः रोकिएको छ।अन्तिम फोहोर व्यवस्थापनस्थल आसपासका बासिन्दाको अवरोधका कारण सोमबार काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन हुन नसकेको हो।

    यसअघि काठमाडौं महानगरपालिकासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका केही बासिन्दाले अवरोध गरेकाले सोमबार उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुन नसकेको हो।

    धुनीबेँसी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमति भएको एकवर्ष वितिसक्दासम्म महानगरले स्थानीयवासीको मागप्रति व्यवास्ता गरेकाले आजदेखि फोहर व्यवस्थापनमा रोक लगाइएको हो।

    आज बिहान फोहर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडी स्थानीयवासीको अवरोधका कारण बञ्चरेडाँडा र सिसडोलको बीचमै रोकिएको पनि वडाध्यक्ष तामाङले जानकारी दिनुभयो। फोहोर बोकेका करिब ५० वटा गाडी रोकिएका थिए।

    स्थानीयवासीले सहमतिका नाममा आफूहरूलाई झुक्याइएको आरोप लगाएका छन्। कामपाले यसअघि कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर कुहिने फोहर मात्र व्यवस्थापन गर्नेलगायत सहमति ल्याण्डफिल्ड साइट पीडित क्षेत्रका बासिन्दासँग गरेको थियो।

    यता कामपाको पूर्वाधार सल्लाहकार सुनिल लम्सालले यसअघि स्थानीयवासीसँग भएको सम्झौताअनुसार नै काम भइरहेको भन्दै फोहर व्यवस्थापनमा रोक लगाउनु राम्रो नभएको बताउनुभयो। विगतका वर्षमा पनि स्थानीयवासीकै अवरोधका कारण उपत्यकाको फोहर महिनौँ सडकमै थुप्रने गरेको थियो।

    कामपाले यस वर्ष फोहोर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ।यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकोको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ।


    सोमवार, श्रावण १ २०८००३:३४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij