काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ । मन्त्री मोदीलाई भेट्न मेयर बालेन सिंहदरबारस्थित कार्यकक्षमा पुग्नु भएको थियो ।
मेयर शाह र मन्त्री मोदीबिच काठमाडौं महानगरसँग संबन्धीत समसामयिक विषयमा छलफल गरेको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ।
पछिल्लो समयमा काठमाडौंको फोहर व्यवस्थापनमा देखिएको समस्यालगायतको विषयमा छलफल भएको बताइएको छ । मन्त्री मोदीले महानगरलाई संघीय सरकारबाट समन्वय र सहकार्य हुने उल्लेख गर्दै समस्या समाधान गर्ने बताउनु भउको थियो ।