Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ

एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ

  • सोमवार, श्रावण १ २०८०

  • 2.8K
    SHARES

  • एमाले नेता तथा पूर्व कृषिमन्त्री यादव पक्राउ
    काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वकृषि मन्त्री एवं एमाले नेता विजयबहादुर यादव पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा बाँके प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
     
    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले एमाले नेता तथा पूर्व प्रदेश कृषि मन्त्री यादवलाई आइतबार(हिजो) बाँकेको डूडुवा गाउँपालिका–१ होलियाबाट पक्राउ गरेको हो । बैंकिङ कसुर मुद्दामा रुपन्देही जिल्ला अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले यादवलाई पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा बुझाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले पुष्टि गर्नुभयो ।
     
    नेपाली कांग्रेसबाट राजनीति शुरू गरेका यादव अघिल्लो चुनावमा टिकट नपाएपछि जसपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । पार्टीको निर्णय विपरीत दोस्रोपटक शंकर पोखरेल नेतृत्वको सरकार टिकाउन सरकारमा सहभागी भएको भन्दै पार्टीले कारबाही गरेपछि उनको प्रदेशसभा सदस्यसँगै मन्त्री पद समेत गएको थियो । पछिल्लो चुनावमा उनी एमाले प्रवेश गरेका थिए ।
     


    सोमवार, श्रावण १ २०८००७:०३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij