Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभा बैठक आज बस्दै

  • आइतवार, आषाढ ३१ २०८०

  • 344
    SHARES

  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौँ । प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दै छ ।

    दिउँसो १ बजे बस्ने आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्ने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।

    यस्तै उहाँले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  

    यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 


    आइतवार, आषाढ ३१ २०८००७:०३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij