Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

अमेरिकी उपमन्त्री लूको नेपाल भ्रमण,अमेरिकाले चीनलाई ‘सुपर पावर’ बन्न नदिन नेपालमा चासो बढाइरहेको टिप्पणी, नेपालको कूटनीति बलियो हुनुपर्नेमा जोड(खासखबर)

अमेरिकी उपमन्त्री लूको नेपाल भ्रमण,अमेरिकाले चीनलाई ‘सुपर पावर’ बन्न नदिन नेपालमा चासो बढाइरहेको टिप्पणी, नेपालको कूटनीति बलियो हुनुपर्नेमा जोड(खासखबर)

  • शनिवार, आषाढ ३० २०८०

  • 561
    SHARES

  • अमेरिकी उपमन्त्री लूको नेपाल भ्रमण,अमेरिकाले चीनलाई ‘सुपर पावर’ बन्न नदिन नेपालमा चासो बढाइरहेको टिप्पणी, नेपालको कूटनीति बलियो हुनुपर्नेमा जोड(खासखबर)

    काठमाडौं। पूर्वराजदूत योगेन्द्र ढकाल अमेरिकाले चीनलाई ‘सुपर पावर’ बन्न नदिन नेपालमा चासो बढाइरहेको बताउनुहुन्छ । लुको छोटो भ्रमणका विषयमा उहाँ एमसीसीको कार्यान्वयनलाई प्रभावकारी रुपमा अगाडि बनाउने र बीआरआईको लगानीबारे नेपाल सकारात्मक भएकोमा अमेरिकाको चासो भएको बताउनुहुन्छ ।

    साथै उहाँ अमेरिकाको सुपर पावर कमजोर हुँदै गएको, विश्व बहुध्रुवीय भएको र अमेरिकालाई चीनले चुनौती दिइरहेको अवस्थामा उसले नेपालमार्फत केही काम गर्न चाहेको टिप्पणी गर्नुहुन्छ ।पूर्वराजदूत ढकाल कूटनीति बलियो हुनुपर्नेमा जोड दिनुहुन्छ । नेपालको कूटनीति कमजोर भएको उहाँको तर्क छ ।

    आर्थिक, राजनीतिक अवस्था अनि छिमेकी र विश्वको परिस्थितिले कूटनीति निर्धारित गर्ने भन्दै उहाँ सरकारमा पुग्नका लागि कहिले चीन, कहिले भारत र अमेरिकाको कार्ड प्रयोग गर्नु गलत भएको तर्क पनि गर्नुहुन्छ ।अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुको भ्रमण र दौडधुपप्रति टिप्पणी गर्दै नेकपा एमालेका नेता डा. भीम रावलले नेपालको हितमा र नेपालकै आयोजना भए एमसीसी कार्यान्वयनका लागि अमेरिकाले किन दबाब दिएको भनी प्रश्न गर्नुभएको छ ।

    रावलले तारनतार आएर ठुला दलका नेतालाई भेटेको र एमसीसी कार्यान्वयनका लागि धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनुभएको हो । नेपालमा लामो विरोधका बीच संसदबाट गत साल पारित भएको एमसीसी कम्प्याक्टअन्तर्गत परियोजनाहरूको कार्यान्वयन यही अगस्त महिनाबाट सुरु गर्ने एमसीए नेपालको तयारी छ ।

    एमसीसीले दिने ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारले गर्ने थप १३ करोड डलर लगानीसहित करिब ८३ अर्ब रुपैयाँ बराबरको यो परियोजना कार्यान्वयन सुरु भएको पाँच वर्षभित्र सम्पन्न हुनै पर्छ ।

     


    शनिवार, आषाढ ३० २०८००८:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij