Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

लेखेर राख्नुस्, ०८४ सालपछी रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने

लेखेर राख्नुस्, ०८४ सालपछी रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने

  • शनिवार, आषाढ ३० २०८०

  • 720
    SHARES

  • लेखेर राख्नुस्, ०८४ सालपछी रास्वपाको एकल सरकार बन्छः रवि लामिछाने

    काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ०८४ सालको निर्वाचनपछि आफूहरुको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ।

    आज (शनिबार) काठमाडौंको बुढानीलकण्ठमा पार्टीको नगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले ०८४ मा रास्वपाको एकल सरकार बनाउन रोक्ने कसैको पनि तागत नपुग्ने बताउनु भएको हो ।

    साथै, उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई मिसन ०८४ मा लाग्न निर्देशन दिँदै मिसन ०८४ का उद्देश्य असल मान्छेलाई पार्टीमा प्रवेश गराउनु रहेकोसोत जानकारी दिनुभयो ।

    उहाँले आफूहरु कुनै राजनीतिक दलको पछि नलागेको समेत दाव गर्नुभयो । रास्वपा कुनै राजनीतिक दलको पछि नलागेर केवल जनताको मुद्दाका पछि लागिरहेको उहाँको दाबी थियो ।

    उहाँले आफूहरुलाई रास्वपा पनि उस्तै राजनीतिक दलजस्तै हो कि भन्ने भाष्य चार पाँच वर्षमा बनाईन्छ कि भन्ने डर रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।


    शनिवार, आषाढ ३० २०८००३:२५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij