Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बहुमत पुग्नासाथ संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

बहुमत पुग्नासाथ संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

  • शनिवार, आषाढ ३० २०८०

  • 467
    SHARES

  • बहुमत पुग्नासाथ संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

    काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने बताउनुभएको छ।आज विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुनः प्रयास गर्नु स्वभाविकै भएको बताउनुभयो ।

    महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने जिकिर गर्नुभयो। गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पु¥याएर नेता बनेको बताउँदै उहाँले यो सुविधा रहेको तर्क गर्नुभयो ।

    साथै उहाँले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबीसमेत गरे असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै साउन २ गतेदेखि सुरु हुने बताउनुभयो ।

    यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिति तय हुने उहाँको भनाइ छ।उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उहाँले बताउनुभयो ।


    शनिवार, आषाढ ३० २०८००३:१४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij