Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन

भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन

  • शनिवार, आषाढ ३० २०८०

  • 369
    SHARES

  • भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन
    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताउनुभएको छ ।
     
    पार्टीको नवीन राप्रपा कार्य योजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको दाबी गर्नुभएको हो । 
     
    भ्रष्टाचारका घटना सार्वजनिक भइरहँदा राप्रपाका मानिस नमुछिएको भन्दै उहाँले ठुलठुला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिस्टका नेताहरूको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकै स्थानमा उभिएको आरोप लगाउनुभयो । 
     
    चीन र भारतका लागि कम्फर्टेबल सरकारको खोजीमा लागेका कांग्रेस र कम्युनिस्टले जनताको कम्फर्टेबल सरकारको खोजी नगरेको भन्दै उहाँले कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातारात पार्टी प्रवेश गराउने कांग्रेस र कम्युनिस्ट पार्टीमा अहिले कोही नगएको बताउनुभयो ।
     


    शनिवार, आषाढ ३० २०८००१:१४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij