Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज पिडितको पिडा झन्झन् बल्झिँदै, विधेयकका कारण अन्यौलता बढ्दो, टुंगो नलगाए संसद अवरुद्ध पार्ने रास्वपाको चेतावनी(खासखबर)

मिटरब्याज पिडितको पिडा झन्झन् बल्झिँदै, विधेयकका कारण अन्यौलता बढ्दो, टुंगो नलगाए संसद अवरुद्ध पार्ने रास्वपाको चेतावनी(खासखबर)

  • शुक्रवार, आषाढ २९ २०८०

  • 345
    SHARES

  • मिटरब्याज पिडितको  पिडा झन्झन् बल्झिँदै, विधेयकका कारण अन्यौलता बढ्दो, टुंगो नलगाए संसद अवरुद्ध पार्ने रास्वपाको चेतावनी(खासखबर)

    काठमाडौं।चर्को ब्याजदरमा ऋण दिने तथा साँवा र ब्याज अरू थप्दै जाने अनि त्यसैका कारण शारीरिक र मानसिक यातनासमेत दिने आपराधिक घटना बारम्बार हुने गरेका छन् । विभिन्न किसिमबाट असुलिने मिटरब्याजीको माकुरे जालो देशैभर व्याप्त छ । त्यसमा सानाठूला सबै खालका कारोबार परेका छन् । मिटरब्याजको जालोमा विपन्न, गरिब समुदायका नागरिक बढी पर्ने गरेका छन् ।

    आर्थिक अभाव खड्किएपछि गर्जो टार्न लिइने ऋण आफ्नै लागि अभिसाप बन्ने गरेको छ । सरकारले नागरिकका पीडामा मल्हम लगाउन मिटरब्याज सम्बन्धि विधेयक संसदमा टेबल गर्ने तयारी गरेपनि विभिन्न कारणले त्यो ओझेलमा पर्दै गएको छ । नागरिकको जीवनसँग सरोकार राख्ने मुद्धाहरुमा संसद एकजुट हुनुपर्ने भएपनि त्यसमा समेत राजनीतिक गन्ध मिसिँदा पीडित थप प्रताडित हुने गरेका छन् ।

    आजको संसदमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मिटरब्याज सम्बन्धी विधेयक कार्यसूचीमा नराखे सदन चल्न नदिने चेतावनी दिनुभएको छ । सत्तापक्षकै केही दलका कारणले मिटरब्याज सम्बन्धी विधेयकलाई रोक्न खोजिएको गाईंगुई सुनिएको उल्लेख गर्दै उहाँले विधेयक सदनमा ल्याएपछि को पक्षमा र को विपक्षमा खुल्ने पनि बताउनुभयो ।

    मिटरब्याज सम्बन्धि विधेयक टेबल हुने दिन संसद अवरुद्ध भएको स्मरण गर्दै कांग्रेस सांसद विश्वप्रकाश शर्माले छिटो समस्या समाधान गर्नेतर्फ अग्रसर हुन सदनको ध्यानाकर्षण गराउनुभयो । उहाँले नागरिकका पीडामा सरकार गम्भीर बन्नुपर्नेमा पनि जोड दिनुभयो ।

    यता, नेकपा एमालेले आफूहरुको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले आज विधेयक किन नल्याएको भन्दै प्रश्न गर्नुभयो ।

    गृहमन्त्रीलाई प्रश्न गर्दै पन्तले आज आफै संसदमा उपस्थित नहुने र बाहिर धर्ना बसेको ठाउँमा गएर एमालेले विधेयक रोक्यो, जसले रोकेपनि यो विधेयकलाई म अगाडि बढाउँछु भनेर भ्रम छर्ने गरेको आरोप लगाउनुभयो । सांसद बिजुला रायमाझीले जनताको पक्षमा सरकार उदार नभएको आरोप लगाउनुभयो । पीडितलाई न्याय दिने कानून निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

    मिटरब्याजले आक्रान्त बनेका नागरिकहरुका पक्षमा बन्न लागेको कानूनमा सरकार उदार हुन जरुरी छ । पैसावालाले निर्धोलाई जहिले पनि हेप्ने चेप्ने वातावरणको अन्त्य हुन जरुरी छ । जनताका विधायकहरुले जनतालाई आहत होइन राहत हुने कानून निर्माणमा ध्यान देओस् ।


    शुक्रवार, आषाढ २९ २०८००८:२२:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij