Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि तत्काल समातियोस् : अमरेशकुमार सिंह

शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि तत्काल समातियोस् : अमरेशकुमार सिंह

  • शुक्रवार, आषाढ २९ २०८०

  • 477
    SHARES

  • शरणार्थी प्रकरणमा निर्णय गर्ने प्रधानमन्त्रीलाई पनि तत्काल समातियोस् : अमरेशकुमार सिंह

    काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नक्कली शरणार्थी प्रकरणमा निर्णय गर्नेलाई नसमातिएको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ।आज(शुक्रबार) जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मन्त्रीपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्रीलाई समात्नुपर्ने बताउनु भएको हो।

    उहाँले सन्देश शर्माको अडियो सोही व्यक्तिको रहेको भनेर प्रहरीले प्रमाणित गरेपनि त्यसमा किन कारबाही गरिएन भन्दै प्रश्न गर्नुभयो। उहाँले शारदा प्रसाद त्रिताल आयोगको प्रतिवेदन रहेको बताउँदै सो प्रतिवेदन किन सार्वजनिक गरिएन भन्दै अर्को प्रश्न तेर्साउनुभयो।

    सरकारले रिपोट बनाउने र आफ्नो मान्छे फस्न लाग्यो भने रिपोट सार्वजनिक नगर्ने प्रवृत्ति मौलाउँदै जाँदा नेपालमा सानालाई ऐन र ठूलालाई चैनको अवस्था रहेको बताउँदै निर्णय प्रक्रियामा सहभागी हुनेलाई कारबाही गर्न पनि सांसद सिंहले आग्रह गर्नुभयो


    शुक्रवार, आषाढ २९ २०८००३:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij