Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

लम्पी स्किन रोगबारे सरकारले गरेका कामको जानकारी गराउन मन्त्रीलाई सभामुखको निर्देशन

लम्पी स्किन रोगबारे सरकारले गरेका कामको जानकारी गराउन मन्त्रीलाई सभामुखको निर्देशन

  • शुक्रवार, आषाढ २९ २०८०

  • 685
    SHARES

  • लम्पी स्किन रोगबारे सरकारले गरेका कामको जानकारी गराउन मन्त्रीलाई सभामुखको निर्देशन
    काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोगबारे सरकारले गरेका कामहरूको जानकारी सदनलाई गराउन सम्बन्धित मन्त्रीलाई निर्देशन दिनुभएको छ । 
     
    प्रतिनिधि सभाको शुक्रबार(आज)को बैठकमा एमाले सचेतक पदम गिरीले सरकारको जवाफ माग गर्नुभएको थियो। 
     
    लम्पी स्किन भन्ने रोगको सम्बन्धमा विगतका बैठकदेखि आजका बैठकमा पनि सांसदहरूबाट कुरा उठिरहेकोले जवाफ दिन सभामुखले निर्देश गर्नुभएको हो । 
     
    ‘यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले यो रोगको रोकथामका लागि गरेका कार्यहरूको बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले भन्नुभयो।


    शुक्रवार, आषाढ २९ २०८००३:१७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij