Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

समाज भगवानसँग पनि डराउन छाड्योः अध्यक्ष ओली

समाज भगवानसँग पनि डराउन छाड्योः अध्यक्ष ओली

  • शुक्रवार, आषाढ २९ २०८०

  • 611
    SHARES

  • समाज भगवानसँग पनि डराउन छाड्योः अध्यक्ष ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन पुगेको बताउनु भएको छ।आज(शुक्रबार)पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

    उहाँले अहिले नेपाली समाज परपीडक,असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनुभयो।पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो।

    अध्यक्ष ओलीले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेहरुसँग रमाउन थालेको बताउनुभयो ।

    उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउनुभयो । उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताउनुभयो।अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।


    शुक्रवार, आषाढ २९ २०८००२:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij