Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्री श्रेष्ठले जसपा नेतासँग छलफल गर्दै

मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्री श्रेष्ठले जसपा नेतासँग छलफल गर्दै

  • शुक्रवार, आषाढ २९ २०८०

  • 677
    SHARES

  • मिटरब्याजी नियन्त्रण गर्ने विधेयक अघि बढाउन गृहमन्त्री श्रेष्ठले जसपा नेतासँग छलफल गर्दै

    काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्नुहुने भएको छ ।

    मिटरब्याजी नियन्त्रण गर्न ल्याइएको विधेयकमा राखिएका प्रावधान संशोधन गर्नुपर्ने र भूतप्रभावित कानुन बन्ने भएकोले सो विधेयक पारित गर्नबाट पछि हट्ने बताएपछि जसपा नेताहरुसँग मन्त्री श्रेष्ठले छलफल गर्न लाग्नुभएको हो ।

    दिउँसो साढे ३ बजे गृहमन्त्रालयमा साढे ३ बजे छलफलका लागि बोलाएको जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले बताउनुभयो ।

    यसअघि संसद बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ कार्यसूचीको रुपमा रहँदै आएकोमा शुक्रबारको बैठकमा कार्यसूचीबाट हटाइएको छ । सत्तापक्ष दल जसपा तथा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा दर्ता विधेयकमाथि प्रश्न उठाउने तयारी गरेपछि कार्यसूचीमा राखिएको छैन ।

    सरकारले दुर्त गतिमा मिटरब्याजीलाई कारबाही गर्ने विधेयक पास गरेर लैजान खोजेपनि सत्तापक्षबाटै अवरोध सिर्जना भएपछि छलफल अघि बढाएको हो । यसअघि गत असार २० गते मिटरब्याज नियन्त्रण गर्ने प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण सो सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।


    शुक्रवार, आषाढ २९ २०८००१:५३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij