काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सैनिक प्रवक्ता, सहायकरथी सन्तोषबल्लभ पौडेलले प्रधानसेनापति थापाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभएको हो ।
सहयोगीमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति थापा गत आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बस्दै आउनुभएको थियो ।
प्रधानसेनापतिको शशिभवनस्थित निवासको भान्सामा कार्यरत एक सैनिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।