Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

यसकारण कुवेत हिंडेका ११७ जना श्रमिक विमानस्थलबाटै फर्कायो

यसकारण कुवेत हिंडेका ११७ जना श्रमिक विमानस्थलबाटै फर्कायो

  • बिहिवार, आषाढ २८ २०८०

  • 900
    SHARES

  • यसकारण कुवेत हिंडेका ११७ जना श्रमिक विमानस्थलबाटै फर्कायो

    काठमाडौं। नेपालबाट बैदेशिक रोजगारीका लागी कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले भिसा शंकास्पद रहेको भन्दै सलाम एयरमार्फत जान लागेका १०१ जना र कुवेत एयरमार्फत जान लागेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो।

    विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए।तर,अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो।फर्काइएकामा करिब आधा महिला छन्।

    विभागकाअनुसार श्रमिकको पासपोर्टमा एक खालको भिसा र ब्यागेजमा अर्को भिसाको कागजात रहेको पुष्टि भएपछि उनीहरुलाई फर्काइएको हो। वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमप्रति आपत्ति जनाएको छ।

    आइतबार पनि श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको भन्दै श्रम स्वीकृति लिएरै जान लागेका श्रमिकलाई रोक्नु गलत रहेको भन्दै संघले विरोध गरेको हो।


    बिहिवार, आषाढ २८ २०८००४:१०:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij