Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीका सबै औपचारिक कार्यक्रम स्थगित

प्रधानमन्त्रीका सबै औपचारिक कार्यक्रम स्थगित

  • बिहिवार, आषाढ २८ २०८०

  • 724
    SHARES

  • प्रधानमन्त्रीका सबै औपचारिक कार्यक्रम स्थगित

    काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिनका लागी स्थगित गरिएको छ। बुधबार(हिजो) पत्नी सीताको निधन भएपछि शोकमा शोकमा रहनु भएका प्रधानमन्त्री प्रचण्ड ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागीता नजनाउने सचिवालयले जानकारी दिएको हो ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भन्नुभयो,‘तीन दिनलाई प्रधानमन्त्री ज्युका सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’।उहाँका अनुसार समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ ।

    आज पनि समवेदना साट्न आउनेहरुलाई प्रधानमन्त्री प्रचण्डले धन्यवाद दिनुभएको र फेरी साँझ पनि सोही क्रमअनुसार गरिने आचार्यले बताउनु भयो ।


    बिहिवार, आषाढ २८ २०८००३:५६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij