Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको बहस सकियो, आदेशको तयारी

कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको बहस सकियो, आदेशको तयारी

  • बुधवार, आषाढ २७ २०८०

  • 570
    SHARES

  • कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटको बहस सकियो, आदेशको तयारी

    काठमाडौं । कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध परेको रिट निवेदनको बहस सकिएको छ।

    असार २२ गते एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको निवेदनको प्रारम्भिक सुनुवाइका लागि बुधबार(आज) न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी तोकिएको छ। अहिले बहस सरकारले निवेदक पक्ष आदेशको पखाईमा सर्वोच्चमै कुरिरहेको छ।

    रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुख गौतमले समेत माओवादी सांसदका रुपमा हस्ताक्षर गरेर त्यसलाई प्रदेश प्रमुखमले अनुमोदन गर्नुभएको छ।

    सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या गौतमको हस्ताक्षरसमेतलाई जोडेर पुर्याइएपछि एमाले प्रचलित संसदीय मूल्य मान्यता र धारा १८६ को उल्लंघन भएको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको हो।


    बुधवार, आषाढ २७ २०८००४:३९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij