Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

धर्मपत्नी सीतालाई प्रचण्डले आँफै दिए दागबत्ती

धर्मपत्नी सीतालाई प्रचण्डले आँफै दिए दागबत्ती

  • बुधवार, आषाढ २७ २०८०

  • 930
    SHARES

  • धर्मपत्नी सीतालाई प्रचण्डले आँफै दिए दागबत्ती

    काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ।

    प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।

    त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो । सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो ।

    सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।

    सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो । यसअघि जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएका प्रधानमन्त्री दाहाललाई १० वर्षको बीचमा यो तेस्रो बज्रपात परेको हो ।


    बुधवार, आषाढ २७ २०८००३:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij