Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

बालेन शाहविरुद्ध महानगर अगाडि नै विरोध प्रदर्शन

बालेन शाहविरुद्ध महानगर अगाडि नै विरोध प्रदर्शन

  • बुधवार, आषाढ २७ २०८०

  • 330
    SHARES

  • बालेन शाहविरुद्ध महानगर अगाडि नै विरोध प्रदर्शन

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ले विरोध प्रदर्शन गरेको छ।

    ‘इनफ इज इनफ’ले बालेनविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ।

    जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरूमाथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको प्रदर्शनकारीले बताएका छन्। उनिहरुले जीविकोपार्जन गर्न व्यापार गर्नेहरूमाथि महानगरले फोहोरको जस्तो गरी दुर्व्यवहार गरेको बताएका छन्।

    प्रदर्शनकारीले संविधानले बाँच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हनन गरेको आरोप मेयर शाहलाई लगाएका छन्।मेयर तथा महानगरविरुद्ध यस विषयमा संगठित भएर बोल्न नसकेको भन्दै उनिहरुले महानगरले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई लुटेको आरोप लगाए ।


    बुधवार, आषाढ २७ २०८००२:२१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij