Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय समिति, समाजवादी मोर्चा र राष्ट्रिय सभाको बैठक स्थगित

कांग्रेसको केन्द्रीय समिति, समाजवादी मोर्चा र राष्ट्रिय सभाको बैठक स्थगित

  • बुधवार, आषाढ २७ २०८०

  • 327
    SHARES

  • कांग्रेसको केन्द्रीय समिति, समाजवादी मोर्चा र राष्ट्रिय सभाको बैठक स्थगित

    काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बस्ने भएको छ ।


    यस्तै, समाजवादी मोर्चाको बैठक पनि स्थगित भएको छ । आजका लागि तय भएको बैठक प्रधानमन्त्री पत्नीको निधनपछि स्थगित भएको नेकपा एसका उपाध्यक्ष प्रमेश हमालले बताउनुभयो ।

    यसैबीच, राष्ट्रिय सभाको बैठक पनि भोलिका लागि सरेको छ । संसद सचिवालयले विशेष कारणवश बैठक सारिएको बताए पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण आजको बैठक स्थगित गरेको बुझिएको छ ।

    अहिले ११ बजेका लागि बोलाइएको आजको बैठकबाट आगामी आर्थिक वर्षको बजेट विधेयक पारित गर्ने तयारी थियो ।


    बुधवार, आषाढ २७ २०८०११:०६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij