Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्दै, को हट्दैछन् त ?

प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्दै, को हट्दैछन् त ?

  • मंगलवार, आषाढ २६ २०८०

  • 8.0K
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्दै, को हट्दैछन् त ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय मन्त्री हेरफेर गर्ने तयारीमा जुट्नुभएको छ ।

    जनमत पार्टीलाई सरकारमा ल्याउन उहाँले मन्त्री हेरफेर गर्न लाग्नुभएको हो । जनमत पार्टीलाई एउटा मन्त्रालय दिने तयारी छ । उसले विकासे मन्त्रालय माग गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पनि जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रतिवद्धता जनाइसक्नुभएको छ ।

    तर, कसलाई हटाएर जनमतलाई सरकारमा सामेल गराउने भन्ने अप्ठ्यारो भएपछि आफ्नो पार्टीले पाएको मन्त्रालय हेरफेर गरेर केहीलाई राख्ने, केहीलाई हटाउने सोचमा उहाँ पुगेको स्रोतको भनाइ छ ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबाहेक अन्य मन्त्रीको कार्य सन्तोषजनक नभएको गुनासो आइरहेको बेला केही मन्त्रीलाई हटाएर नयाँलाई जिम्मेवारी दिनेगरी छलफल भइरहेको स्रोतको दाबी छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि सरकारमा जाने चर्चा छ ।

    त्यसमध्ये उपमहासचिव पुनलाई सरकारमा ल्याउने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पनि रहेको बताइन्छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले वर्षमानलाई सरकारमा ल्याउन चाहानुभएको थियो ।


    मंगलवार, आषाढ २६ २०८००६:१४:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij