Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

कोशी सरकार गठनविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा

कोशी सरकार गठनविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा

  • मंगलवार, आषाढ २६ २०८०

  • 479
    SHARES

  • कोशी सरकार गठनविरुद्धको रिट आजपनि हेर्न नभ्याइनेमा

    काठमाडौं। कोशी प्रदेश सरकार गठन विरुद्धको रिट निवेदन आजपनि हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ इजलासमा आजका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो।

    गत आइतबार यता दैनिक पेशी तोकिए पनि उक्त रिट निवेदन लगातार तेस्रो दिन हेर्न नभ्याइने सूचीमा परेको हो। न्यायाधीश श्रेष्ठ संयुक्त इजलासमा पनि बस्नुपर्ने भएका कारण आज एकल इजलासका बन्दी प्रत्यक्षीकरण सम्बन्धी एउटा रिट निवेदनबाहेक सवै मुद्दा हेर्न नभ्याइने सूचीमा राख्नुभएको हो।

    कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार एमाले नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

    रिट निवेदनमा असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको गर्न कार्कीले परमादेश माग गर्नुभएको छ ।

    असार २१ गते कोशी प्रदेशमा सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित बहुमत पुर्‍याएर थापा नेतृत्वको सरकार गठन गरेको थियो।एमालेका नेता कार्कीले दायर गरेको रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री उद्धव थापा, सभामुख बाबुराम गौतम लगायतलाई विपक्षी बनाइएको छ।

    संविधानको धारा १६८ को २ अनुसार दलको समर्थनमा मुख्यमन्त्री हुने प्रावधान भए पनि सभामुखलाई प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको तर्क गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।


    मंगलवार, आषाढ २६ २०८००५:१५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij