काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उमेरहद हटाएकोमा चासो नराख्न चेतावनी दिनुभएको छ।
एमाले बागमती प्रदेश संगठन कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले आफ्नो विधानमा रहेको ७० वर्षे उमेरहद हटाएपछि उठेको सवालमा आक्रोश व्यक्त गर्दै यस्तो बताउनु भएको हो।
उहाँले भन्नुभयो, ‘एमालेले ७० वर्ष हटायो भनेर विरोधीले रुवाबासी गरेका छन्। एमालेले ७० राख्यो कि हटायो तिनीहरूलाई के चासो? एमालेको विरोध गर्नुपरेको छ। कांग्रेसले उमेरहद राखेको छैन। यस पार्टीमा बालबालिकादेखि वृद्धवृद्धासम्मको समर्थन छ।’
अध्यक्ष ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र कांग्रेस सभापति शेरबहादुर देउवाको उदाहरण दिँदै आफूलाई म्याराथन गर्न मन लाग्ने टिप्पणी गर्नुभएको थियो।